
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुनरकर्जाको लागि आवेदन आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुनरकर्जाको लागि आवेदन आह्वान गरेको हो ।
सूचनामा भनिएको छ, ‘यस बैंकबाट नेपाल राष्ट्र बैंक पुरनकर्जा कार्यविधि २०७७ को बुँदा नं ३(क) बमोजिम एकमुष्टरुपमा प्रदान हुने साधारण पुनरकर्जाका लागि संलग्न सूचना बमोजिमको आवेदन आह्वान गरिन्छ ।’
लघुवित्तहरुले पुनरकर्जाका लागि माघ १२ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय पनि पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस