aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एभरेष्ट बैंकको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
एभरेष्ट बैंकको लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश पारित गरेको छ । सोमबार बसेको बैंकको २६ औं बार्षिक साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।  

बैंकले प्रस्तावित बोनस शेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस