aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ पुस २०७७
सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिभिल बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बैंकको पुस २७ गतेको सञ्चालक समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ३३ लाख ८९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस