
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने पुस २८ गते (आज) अन्तिम दिन रहेको छ । यस बैंकले १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न बैंकले माघ १४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यसर्थ पुस २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र १० प्रतिशत बोनस शेयर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस