aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिवाईसी लघुवित्तले आईपीओ निष्काशन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ पुस २०७७
सिवाईसी लघुवित्तले आईपीओ निष्काशन गर्ने

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको साधारण सभा मंगलबार बागलुङ बजारमा सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६।०७७ को प्रतिवेदन पारीत गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृत प्राप्त भए पश्चता यसै आर्थिक वर्षमा सर्वसधारणका लागि प्राथामिक शेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।   

साधरण सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एबम् निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सभाले संस्थाको प्रवन्धक पत्र नियमावलीमा आवश्यक संसोधन गर्न र अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थासंग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस