aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य  ८२९ रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद पछिको मूल्य ४६५ रुपैयाँ तोकेको हो ।

यस कम्पनीले माघ १३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २९ गते बुक क्लोज गरेकाले नेप्सेले हकप्रद पछिको मूल्य तोकेको हो । कम्पनीले १ बराबर १ को अनुापतमा  १०० रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गर्ने भएको हो ।

 यस हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ भने हकप्रदपश्चात यो पूँजी  १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ ।  कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । 

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ । शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव सहित कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी  ६ करोड ५६ लाख १६ हजार रुपैयाँ रहेको छ ।

 सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी १३ करोड १२ लाख ३३ हजार रुपैयाँ पुग्नेछ । सो पुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी ३९ करोड ३७ लाख १ हजार रुपैयाँ चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ । 


 

प्रतिक्रिया दिनुहोस