
काठमाडौं । ज्योति विकास बैंकको बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको १० प्रतिशत बोनसपछिको मूल्य २१९ रुपैयाँ तोकेको हो । नेप्सेले बैंकको मंगलवार कायम अन्तिम शेयरमूल्य २४१ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
यस बैंकले १० प्रतिशत बोनस र आगामी साधारण सभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गरेको छ । बैंकले माघ १४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । यसर्थ पुस २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका हुन । मूल्य समायोजनपछि शेयर खरिद गर्ने लगानीकर्ताहरुले भने लाभांश पाउनेछैनन् ।
प्रतिक्रिया दिनुहोस