
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस २८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल ५ दशमलव १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले यस वर्ष ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. ५० करोड रहेको छ । सोही पूँजीको आधारमा बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस