
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले नेप्से मार्फत उपलब्ध गराएको सुचनामा राष्ट्र बैंकले पुस २७ गते लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने बाटो खुला भएको छ ।
कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस