aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मिर्मिरे लघुवित्तको लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
मिर्मिरे लघुवित्तको लाभांश संशोधन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि प्रस्ताव गरेका लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को लागि १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा वित्तीय विवरण सुधार गरी पुनः पेश गर्न निर्देशन भएकाले लाभांश संशोधन गरेको हो ।

 कम्पनीको पुस २८ गतेको सञ्चालक समितिको बैठकले हाल कम्पनीको चुक्तापूँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैयाँको आधारमा ९ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

 कम्पनीले कुल ९ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पुनः स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने समेत कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस