aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एभरेष्ट बैंकबाट अब अनलाइन राजस्व भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
एभरेष्ट बैंकबाट अब अनलाइन राजस्व भुक्तानी

काठमाडौं । एभरेष्ट बैंकले फोन पेसंगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ ।

कोविड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो । 

 सो समरोहमा मधु कुमार मरासानी, महालेखा नियन्त्रक, नेपाल सरकार, विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्वविभाग, दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस