aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कृषि विकास बैंकको वार्षिक साधरण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
कृषि विकास बैंकको वार्षिक साधरण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बुधबार भर्चुअल माध्यमबाट बुधबार साधारण सभा सम्पन्न भएको हो ।  

बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषिको बाहौँ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस