aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनएमबि बैंकको लाभांश पारित, चुक्तापुँजी २० अर्ब पुर्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
एनएमबि बैंकको लाभांश पारित, चुक्तापुँजी २० अर्ब पुर्याउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।  सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ  । कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो । उक्त सभाले बैंकले अधिकृत पूँजी १६ अर्ब रुपैयाँबाट बृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस