aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलकोे अध्यक्षतामा बसेको बैंकको ३६ औं वार्षिक साधारण बुधबार सम्पन्न भएको हो ।
 
सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरेअनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । 

यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौडेल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएक छन् । आर्थिक् वर्ष २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३  अर्ब ४६ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । 

बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूजीँ यस बर्ष १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस