
काठमाडौं । कृषि विकास बैंकको १४ औं वार्षिक साधरणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले २ सय ७६ शाखामार्फत आम ग्राहकलाई आधु्निक सेवा दिइरहेको बताएका छन् ।
बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुर आज बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभामा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंक कृषि विकास बैंक भएको जानकारी दिइएको छ । बैंकले आफ्ना करिब ३ लाख शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे निर्णय समेत गरेको छ ।
शेयरधनीहरुको वाक्लो उपस्थिति रहेको उक्त साधरण सभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रसाद निरौलाको अध्यक्षतमा सम्पन्न उक्त साधारणसभमा सञ्चालक प्रसाद आचार्य, डा.हरि बहादुर के.सी., संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेलले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस