aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वोमी लघुवित्तको ३० प्रतिशत लाभांश पारित, अर्को लघुवित्तलाई गाभ्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
वोमी लघुवित्तको ३० प्रतिशत लाभांश पारित, अर्को लघुवित्तलाई गाभ्ने निर्णय

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ । मंगलबार बनेपा नगरपालिका–१३, साँगा, काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा सम्पन्न भएको सभाले उक्त लाभांश पारित गरेको हो  ।

 उक्त सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने तथा चुक्ता पूँजी  २७,७८,४८,००० रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम ८३३,५४,४०० रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्बसम्मतीले पारित गरेको छ । 

हाल संस्थाको ३८ जिल्लामा ६१ वटा शाखा कार्यलयहरु मार्फत ४७,००० सदस्यहरुमा कुल उठाउन बांकी कर्जा रकम ३ अर्व रुपैयाँ र बचत रकम  १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।   
 

प्रतिक्रिया दिनुहोस