
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारण सभा आज पौष २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।
अन्य सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् । त्यसैगरी, नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् ।
सभामा आर्थिक वर्ष २०७६र७७ को कुल मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गरिएको छ । बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रूपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रूपैयाँ आर्जन गरेको थियो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रूपैयाँ पुग्नेछ ।
आर्थिक वर्ष २०७६र७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रूपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रूपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५।३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्ब ९१ करोड रूपैयाँ मात्र कायम हुन सकेको छ ।
प्रतिक्रिया दिनुहोस