aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनसीसी बैंक भिसा क्रेडिट कार्ड, यो महिना खाता खोल्नलाई फ्रि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
एनसीसी बैंक भिसा क्रेडिट कार्ड, यो महिना खाता खोल्नलाई फ्रि


काठमाडौं । एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा ३ गतेबाट NCC VISA Credit Card प्रयोगमा ल्याएको छ । 

यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनिATM/POS मेशिन मार्फत सामान वा सेवा लिन सकिने, EMV (Chip Based) मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको छ । 

NCC VISA Credit Card को शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरि नयाँ NCC उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क NCC VISA Credit Card उपलब्ध गराउने घोषणा पनि गरेको छ ।


हाल बैंकले १२० वटा शाखा कार्यालय, ८१ वटा ब्त्ः मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ । साथै NCC Debit Card, NCC US $ Travel Visa Card, ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस