aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्पर्स लघुवित्तको २०.५३ प्रतिशत लाभांश पारित, मर्जका लागि स्वाप अनुपात निर्धारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ माघ २०७७
स्पर्स लघुवित्तको २०.५३ प्रतिशत लाभांश पारित, मर्जका लागि स्वाप अनुपात निर्धारण

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार १ सय ९० रुपैयाँको १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ८० हजार ८ सय ९७ रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको हो । बुधबार संस्थाका संचालक समिति अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाको सभापतित्वमा पोखरा लेकसाईड स्थित होटल बाराहीमा २०७७ पौष २९ मा सम्पत्र भएको छ ।

साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व.२०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १.०२६३१६ प्रतिशतका दरले हुन आउने रकम ९ लाख ६२ हजार १ सय ५२ रुपैयाँ नगद लाभांश वापत (बोनश शेयरको कर प्रयोजनका लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १(एक) कित्ता शेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०.९० (शून्य दशमलव नौ शून्य) कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस