aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाईटेड फाइनान्सको साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ माघ २०७७
युनाईटेड फाइनान्सको साधारणसभा सम्पन्न

काठमडौं । युनाईटेड फाइनान्स लिमिटेडको छब्बिसौ वार्षिक साधारण सभायही २०७७ सालपौष २९ गते बुधबार युनाईटेड फाइनान्स लिमिटेडको सभाकक्ष दरवारमार्ग काठमाण्डौमाबिहान ११ः३० बजेदेखि जुम मार्फत भिडियो काफरेन्सिङद्धारा सम्पन्न भयो ।

संस्थाको सञ्चालक समितिकाअध्यक्षश्री बसन्तकुमार चौधरीले जुम मार्फत नै अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा सञ्चालकहरु विष्णुकुमार अग्रवाल, बेनी गोपाल मुन्दडा, मनिष खेमका, के.आर.बिजिमोन, रोशन अधिकारी, मतिप्रभा पाण्डे साथै प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायत कम्पनीका उच्चपदस्थ अधिकारीहरु, लेखापरिक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रले दिएको जानकारी अनुसार उक्त साधारण सभामा संस्थाको चुक्तापुँजीको करिब ८१ प्रतिशत तिनिधित्व हुने गरी शेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा भर्चुअल उपस्थिती रहेको थियो ।

उक्त साधारण सभाले आ.ब. २०७६/७७को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आ.व.२०७६÷७७को वार्षिक वित्तियविवरणहरु पारित गर्यो । संस्थाले आ.व. २०७७÷७८ को लेखापरिक्षण गर्नको लागि संस्थाको लृखापरिक्षण समितिबाट सिफारिस गरिए बमोजिम लेखापरिक्षक एसएआर एसोसिएट्सलाई पुन नियुक्ती गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस