
काठमाडौं । आजदेखि एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने थालेको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको थियो । सोहि अनुसार आजबाट अन्तर बैंक एटीएम कारोबारमा शुल्क लाग्न थालेको हो ।
कोभिडको जोखिमबाट बच्च भन्दै सरकारले लकडाउन सुरु गरेदेखि (गत चैतमा) बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।
बैंकका अनुसार अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले निःशुल्क गर्न पाउने छन् । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस