काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभाले आ.व. ०७६/०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तिय संस्थाको पौष २९ गते विजय विकास स्रोत केन्द्र गैडाकोट, ८ मा सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाको कायमजारी तथा चुक्तापुँजीमा १९ प्रतिसतले बृद्धि गरी २६६,५९७,४८५ रुपैयाँ पु¥याउने प्रस्ताव पारित भएको छ ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.ब. २०७६/०७७ को संचालक समितिको प्रतिवेदन, २०७७ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।
उक्त साधारण सभाले आ.व. २०७७÷०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविककाआर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनःनियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संशोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।
उक्त सभाले बित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्तीगर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यककामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्तबार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन माथि शेयर धनिहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राजलम्सालले स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन संस्था का नायव कार्यकारी अधिकृत÷कम्पनी सचिव नारायण सापकोटाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस