aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सिटिजन्स बैंकले ल्यायो  ‘इन्स्टा बाई’ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
सिटिजन्स बैंकले ल्यायो  ‘इन्स्टा बाई’ योजना

काठमाडौं । सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने यो नविनतम सुविधा ल्याएको हो । 

बैंकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न यो इन्स्टा बाई योजना संचालनमा ल्याएको हो ।

यस योजनामार्फत ग्राहकले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफुलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन् । यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सक्नेछन् ।

बैंकले १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस