aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सानिमा बैंक नयाँ शाखा ललितपूरको इमाडोलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
सानिमा बैंक नयाँ शाखा ललितपूरको इमाडोलमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । शुक्रबार ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै), बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।  

उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य गरेका हुन् । 

उद्घाटन समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।  

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।  

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा एटिएम संचालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस