
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १३ औंं वार्षिक साधारण सभा २९ गते सम्पन्न गरेको छ । वार्षिक साधारण सभाले २३.५० प्रतिशत लाभांश स्विकृत गरको छ । जसमध्ये नगद लाभांश ५.५ प्रतिशत र वोनस शेयर १८ प्रतिशत रहेको छ । वोनस शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादव अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन । साधारण सभापश्चात सम्पन्न सञ्चालक समिति बैठकले श्रीमति इन्दिरा पन्डित घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
संस्थाको हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६करोड रुपैयाँ कर्जा लगानीरहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल, धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्जशाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।
प्रतिक्रिया दिनुहोस