aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गरिमा विकास बैंकको चौधौं वार्षिक साधारण सभा माघ ३० गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ माघ २०७७
गरिमा विकास बैंकको चौधौं वार्षिक साधारण सभा माघ ३० गते हुने

 काठमाडौं । गरिमा विकास बैंकले माघ ३० गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बोलाइएको हो । सभाले १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

बैंंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्नुपरेमा आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूर्ण अख्तियारी पनि सभामार्फत प्रदान गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १२ गते देखि ३० गते सम्म बन्द रहनेछ । माघ ११ गते सम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।


 

प्रतिक्रिया दिनुहोस