aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ । बैंकले ४.२५७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । 

बैंकले गत पुस २५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । बैंकले पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। सोपश्चात बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने बैंकले बताएको छ।

प्रतिक्रिया दिनुहोस