aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बढी ब्याज दिनेमा एनएमबी र कम दिनेमा एसबीआई बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
बढी ब्याज दिनेमा एनएमबी र कम दिनेमा एसबीआई बैंक

काठमाडौं । निक्षेपमा सबैभन्दा बढी ब्याज एनएमबी बैंकले दिने भएको छ । सबैभन्दा कम ब्याज दिने बैंकमा एसबीआई, नबिल बैंक र एनआईसी एशिया बैंकले दिने देखिएको छ । माघ महिनामा बढी ब्याज दिन लागेको एनएमबी बैंकले बचत खातामा आम ग्राहकलाई ३ देखि ५.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने १ वर्षे मुद्दती खातामा ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एनएमबि बैंकले ब्याजदरको तल्लो र माथिल्लो दुईवटै सीमालाई ०.१ प्रतिशतले बढाएर ३.१ देखि ५.१ प्रतिशत कायम गरेको हो । १ वर्षे मुद्दती निक्षेपमा सिभिल बैंकले सबैभन्दा बढी ८ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । 

सबैभन्दा कम ब्याज दिने एसबीआई बैंकले बचत खातामा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म मात्रै ब्याज दिने भएको छ भने १ वर्षे मुद्दती खातामा ५ प्रतिशत ब्याज दिने जनाएको छ । नबिल बैंक र एनआईशी एशिया बैंक बचतमा खातामा १.५ प्रतिशत देखि ३.५ प्रतिशतसम्म ब्याज दिने भएका छन् भने मुद्दती खातामा साढे ६ प्रतिशत ब्याज दिने तयारी गरेका छन् । बैंक अफ काठमाण्डू, सनराइज बैंकले २ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेका छन् ।  

माघ महिनामा बचतमा ९ वटा बैंकले आफ्नो ब्याजदरको तल्लो तथा माथिल्लो सीमामा घटाएका छन् । १४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । ४ वटा बैंकले भने ब्याजदर बढाएका छन् । मुद्दती निक्षेपमा १४ बैंकको ब्याजदर घट्दा १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । एउटा बैंकले भने मुद्दती खाताको ब्याजदर बढाएको छ । 

सेञ्चुरी कमर्शियल बैंकले यसअघि तोकेको ३.५ देखि ४.५ प्रतिशतको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । कृषि विकास बैंकले भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म, सिटिजन्स बैंकले २.५ प्रतिशत देखि ४.५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैंकले २.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।  प्राइम कमर्शियल बैंक, सिभिल बैंक र एनसीसी बैंकले ३ देखि ५ प्रतिशत ब्याजदर तोकेका छन् ।  

बचत खातातर्फ नेपाल इन्भेष्टमेन्ट बैंकंकङ्कले ब्याजदरको तल्लो र माथिल्लो सीमालाई एकैपटक १ प्रतिशतले घटाएको छ । यसअघि ३ देखि ५ प्रतिशतको ब्याजदर अहिले २ देखि ४ प्रतिशतमा झारिएको हो । प्रभु बैंक, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंकले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।

मुद्दती निक्षेपतर्फ एसबीआई पछि कम ब्याज दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशत र एनसीसी बैंकको ब्याजदर ६.२५ प्रतिशत ब्याजदर तोकेका छन् । त्यस्तै, नबिल बैंक,सानिमा बैंक, एभरेष्ट बैंक, एनआईशी एशिया बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकले ६.५ प्रतिशत ब्याज तोकेका छन् भने नेपाल बंगलादेश बैंक र कुमारी बैंकले ६.७५ प्रतिशत ब्याज दिने जनाएका उल्लेख गरेका छन् ।

१० बैंकहरूले भने १ वर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर दिने बैंकहरूमा माछापुच्छ्रे बैंक, बैंक लक्ष्मी बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक,सनराइज बैंक, क अफ काठमाण्डू र राष्ट्रिय वाणिज्य बैंक यसअन्तर्गत परेका छन् ।
    
त्यस्तै, कृषि विकास बैंकले ७.२५ प्रतिशत ब्याज दिँदा सिटिजन्स बैंक, सेञ्चुरी बैंक र प्राइम बैंकको ब्याजदर ७.५ प्रतिशत रहेको छ । उल्ल्ेखित ब्याजदरमा शाखा प्रबन्धकले ०.५० प्रतिशतसम्म थप गरेर दिनसक्ने भएकोले वाणिज्य बैंकको मुद्दती निक्षेपमा अधिकतम ८.५ प्रतिशतसम्म ब्याज पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस