
काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठानलाई एक/एक थान बेबी वार्मर प्रदान गरेको छ। महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।
महाकाली अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्याल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्त रुपमा महाकाली अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
प्युठान जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका बाग्दुला शाखाका शाखा प्रबन्धक दीपक खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्तरुपमा प्युठान नगरपालिका वडा नं ४ प्युठानका वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी, प्युठान अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्ले र अस्पताल व्यवस्थापक राजन घिमिरेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस