aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल फाइनान्सको लिलामी शेयर बाँडफाँडमा नपरेको रकम फिर्ता भुक्तानी आजदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
नेपाल फाइनान्सको लिलामी शेयर बाँडफाँडमा नपरेको रकम फिर्ता भुक्तानी आजदेखि

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम आजहरु फिर्ता भुक्तानी गर्ने भएको छ । यस कम्पनीले गत पुस १७ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर लिलामा विक्री गरेको थियो । 

कम्पनीले संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद शेयर विक्री गरी बाँडफाँट गरेको हो । उक्त बाँडफाँडमा नपरेको शेयर वापतको रकम सोझै आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा जम्मा गरिदिने कम्पनीले जानकारी दिएको छ । उक्त हकप्रदको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस