aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंक अफ काठमाण्डूका ग्राहकलाई लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
बैंक अफ काठमाण्डूका ग्राहकलाई लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् । 

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् । बैंक अफ काठमाण्डूले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया दिनुहोस