aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख ३३ हजार हाले १८ अर्ब १७ करोडको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख ३३ हजार हाले १८ अर्ब १७ करोडको आवेदन

 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन लिएका छन् । सीडीएस एण्ड क्लियरिङ हाउसले दिएको जानकारी अनुसार सो सख्याका आवेदकले १८ अर्ब १७ करोड ५० रुपैयाँको आईपीओमा आवेदन दिएका छन् । १५ लाख ३३ हजार आवेदकबाट १८ अर्ब १७ करोड ५० लाख कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । 

कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । 

खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ । अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रहेको छ । 

कले ढिलो अवधि छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्री अवधि तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस