aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कृषि विकास बैंकको वार्षिकोत्सव सम्पन्न, २० जना कृषकले क्रेडिट कार्ड पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
कृषि विकास बैंकको वार्षिकोत्सव सम्पन्न, २० जना कृषकले क्रेडिट कार्ड पाए

काठमाडौं । कृषि विकास बैंकको ५४ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।  वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । उपत्यका भित्रका २० जना कृषकलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड वितरण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र  एपको उद्घाटन गरेका छन् । 

 चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च भएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि सबै काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस