aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले २०७७, माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो ।

 उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथी भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गगरेका थिए । उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथी बस्नेतले गरेका थिए । । 

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।  सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस