aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सिटिजन्स बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
सिटिजन्स बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमायो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.२६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १२.३९ प्रतिशतले धेरै हो । 

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको यसै अवधिको तुलनामा २१.५६ प्रतिशतले धेरै हो । 

प्रतिक्रिया दिनुहोस