aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मुक्तिनाथ विकास बैंकको खुद नाफा ६१ करोड ५५ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
मुक्तिनाथ विकास बैंकको खुद नाफा ६१ करोड ५५ लाख

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साढे ६१ करोड भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विरण अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२८प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

बैंकले सार्वजनिक गरेको वित्तिय विरण अनुसार खुद ब्याज आम्दानीमा सामान्य मात्र सुधार देखिएपनि अन्य सञ्चालन आम्दानी बढेका कारण बैंकको खुद नाफा ३० प्रतिशत बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। 

त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ। यही आम्दानीले बैंकको खुद नाफा वृद्धिदर बढाउन टेवा पुर्याएको हो। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस