
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) को २३ औं वार्षिक साधारणसभा माघ ९ गते शुक्रवार हुने भएको छ । सभाले प्रस्तावित १० दशमलव ८१ प्रतिशत लाभांश सहित विविध प्रस्ताव पारित गर्नेछ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १०.२७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार रहेको छ ।
सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो । सभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट अमायोजना गरिने बैंकको भनाई छ ।
साथै , अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाम्ने÷गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्यको जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि बैंकले पुस २१ गते एक बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस २० गतेसम्म शेयर कायम गरेका लगानीकर्ताहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस