aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
राष्ट्रिय वाणिज्य बैंकले डाक्यो साधारण सभा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गर्दै १५औं वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । हाल संस्थापक लगानीकर्ताको मात्र स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी २ दशमलव ५० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । 

सभा बैंकको केन्द्रिय कार्यालयमा अपरान्ह २ बजेदेखि भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएका हो । सभाले लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ । 

साथै बोनस शेयरपश्चात चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

प्रतिक्रिया दिनुहोस