
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको माघ ७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । हाल कम्पनीको चुक्ताूपूँजी रू. १३ करोड ३१ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस