aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र माघ १६ गतेदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ माघ २०७७
नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र माघ १६ गतेदेखि विक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको हो ।
 
कुल कित्तामध्य रू. २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेछ ।

सात वर्षे अवधिको यो ऋणपत्र २०८४ सालमा परिपक्क हुनेछ । ऋणपत्रको लागि तोकिएको ब्याजदर प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धबार्षिक समाप्त भएपनि मुक्तानी गरिने बैंकले जानकारी दिएको छ । 

ऋणपत्र खरिद गर्न चाहनेले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका माग गर्न सक्नेछन् । यो ऋणपत्रको विक्री अवधि छिटोमा माघ २० गते र ढिलोमा माघ ३० गतेसम्मको लागि तोकिएको छ ।

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थाको संकेत गर्ने इक्रा एमपी आईआर सिङ्गल ए रेटिङ प्रदान गरेको छ । ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीन शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस