_20210122144711.jpg)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शुक्रबार नेपाल क्लियरिङ्गहाउस लिमिटेड (एनसीएचएल) तथा आईएमई पे, खल्ती, प्रभु पे र नेपाल पे टाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको छ ।
यसले वालेटका ग्राहकहरुलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकल नगर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी भुक्तानी गर्न सक्ने भएको कम्पनीले जनाएको छ ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीे, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसन लिमिटेडका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुम लामा र नेपाल पे टाईमका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराईले हस्ताक्षर गरेका छन् ।
महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशन अनुसार पीएसपीहरु मार्फत् पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको हो । शुक्रबार यस राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र विभिन्न पीएसपीहरुबीचको सहकार्यले सरकारी राजस्व भुक्तानीका लागि पनि अन्तर आबद्घता स्थापित गरेको छ । यसले सरकारको डिजिटलाईजेसनको पहललाई थप टेवापुर्याउँदै राजस्व संकलनलाई विद्युतिय माध्यममा स्थापित गर्न थप विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस