aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गोर्खाज फाइनान्सको नाफामा १७८ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
गोर्खाज फाइनान्सको नाफामा १७८ प्रतिशतले वृद्धि

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण माघ ११ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. २३ लाख ६५ हजार ऋणात्मक रहेको छ । दोस्रो त्रैमाससम्म रू. १७ करोड ३ लाख ५५ हजार खुद नाफा गरेको कम्पनीले रेगुलेटरी रिजर्भमा १० करोड ९८ लाख ६३ हजार छुट्याएको छ । खुद नाफा गत वर्षको भन्दा १८३ प्रतिशतले बढाएको कम्पनीको वितरणयोग्य नाफा रेगुलेटरी रिजर्भ व्यवस्थापनका कारण ऋणात्मक भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ७४ करोड ३ लाख ६० हजार छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम पनि ६ दशमलव २९ प्रतिशत घटेको छ । गत वर्ष कम्पनीको जगेडा कोषमा     रू. ७९ करोड ८९ हजार थियो । 

यस वर्ष कम्पनीको निक्षेप संकलन गर कर्जा प्रवाह भने बढेको छ । गत वर्ष रू. ७ अर्ब ३१ करोड ७९ लाख ७१ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब ७२ करोड ४७ लाख ९५ हजार संकलन गरेको छ । त्यस्तै गत वर्ष रू. ५ अर्ब ३४ करोड ४९ लाख ३६ हजार कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५ अर्ब ४६ करोड ७७ लाख ८८ हजार प्रवाह गरेको छ ।

गत वर्ष ४ दशमलव २६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ४ दशमलव ४२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमासको वित्तीय विववरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव २५ र प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव २१ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस