aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

७ करोडभन्दा बढी खराब कर्जा उठाएको नेपाल एग्रोले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
७ करोडभन्दा बढी खराब कर्जा उठाएको नेपाल एग्रोले

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ११ गते दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत वर्षभन्दा १२३ प्रतिशत बढेको छ । गत वर्ष यो अवधिसम्म रू. ६४ करोड १५ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ४३ लाख ३३ हजार यो नाफा गरेको छ ।

रू. ४ करोड ८० लाख ६८ हजार सञ्चालन घाटा व्यवहोरेको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू. ७ करोड ५ लाख ९१ हजार खराब कर्जा उठाएकाले नाफा बढेको हो । गत वर्ष कम्पनीले रू. ३३ लाख ८८ हजार मात्र यो कर्जा उठाएको थियो । खराब कर्जा संकलन गतवर्षभन्दा यस वर्ष २१ गुणाबढी भएको हो ।

सम्भावित जोखि शिर्षकमा यस वर्ष गत वर्षभन्दा १२ गुणा बढी रकम छुट्याउँदा कम्पनीले सञ्चालन घाटा व्यहोरेको हो । गत वर्ष दोस्रो त्रैमासमा कम्पनीले रू. ६६ लाख ९३ हजार सञ्चालन नाफा गरेको थियो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ५५ लाख ८२ हजार छुट्याएको कम्पनीले यस वर्ष उक्त शिर्षकमा रू. ६ करोड ८९ लाख ८६ हजार छुट्याएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा १३९ प्रतिशत बढेर रू. ३ करोड ७७ लाख ८५ हजार कायम भएको छ । यस वर्ष कम्पनीले रू. २८ करोड ६७ लाख ३९ हजार निक्षेप संकलन गरेको छ भने रू. ८८ करोड ३९ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन गतवर्षभन्दा यस वर्ष २४ दशमलव ४७ प्रतिशत र कर्जा प्रवा २७ प्रतिशत बढेको हो । 

कम्पनीले यस वर्ष विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ७५ करोड ९ लाख ७९ हजार कर्जा लिएको छ । गत वर्ष रू. ५७ करोड ६५ लाख १४ हजार मात्र यो कर्जा लिएको थियो । गत वर्ष १ दशमलव ३३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव ९० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५० दशमलव शून्य ८ र प्रतिशेयर नेटवर्थ रू.१६६ दशमलव शून्य ६ रहेको छ । हाल कम्पनीले १० जिल्लाहरुमा २६ शाखा कार्यालयमार्फत २० हजार ४८१ विपन्न परिवारमा सेवा प्रदान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस