aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गणपति माइक्रोफाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
गणपति माइक्रोफाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । गणपति माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १५ दशमलव ७९ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।  कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको  माघ ९ गतेको पत्रमार्फत स्वीकृति प्राप्त भएको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीलाई आगामी साधारण सभाको बाटो खुला भएको छ ।

अब लगानीकर्ताहरुले कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात यो लाभांश पाउनेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ७ लाख ४५ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस