aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

एनआइबीएल र सिटीको आजबाट एकीकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
एनआइबीएल र सिटीको आजबाट एकीकृत कारोबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) र  सिटी एक्सप्रेस फाइनेन्स कम्पनी लिमिटेडबीच आइतवारदेखि  एकिकृत कारोबार गरेका छन। संयुक्त आपरेशनहरू तीन शाखा बाट सञ्चालन गरिने बैंकले जनाएको छ ।  घन्टाघर, बिर्तामोड र गाईघाटबाट मात्र कारोबार हुने बैंकले जानरकारी दिएको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस