aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को शुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को शुरुवात

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्ग मार्फत शाखामा उपलब्ध क्युआरलाई स्कान गरि पैसा झिक्नमिल्ने “स्मार्ट टेलर”को शुरुवात गरेको छ । 

सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध हुने बैंकले जनाएको छ । तर, बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङ्गलाई  आत्म साथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहक मैत्री प्रविधिहरु भित्राउन  बैंकले जनाएको छ । गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट ग्राहकहरुलाई, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस