aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

उच्च खरिदचाप देखिएको भन्दै एनसीसी बैंकलाई नेप्सेको पत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
उच्च खरिदचाप देखिएको भन्दै एनसीसी बैंकलाई नेप्सेको पत्र

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकलाई पत्र पठाएको छ । नेप्सेले माघ ८ गतेसम्म सामान्य रुपमा कारोबार भैरहेकोमा माघ ११ गते अचानक उच्च खरिद चाप देखिएकाले शेयरमूल्यमा असर गर्ने कुनै निर्णय भएको भए उपलब्ध गराउँन माग गर्दै पत्र पठाएको हो ।

 उक्त पत्रमा तीनदिनभित्र कुनै निर्णय भएको भए उपलब्ध गराउन नेप्सेले भनेको छ । गत बिहीवार रू. ४ करोड ६९ हजार बराबरको शेयर कारोबार भएकोमा आइतवार एनसीसी बैंकको रू. ८ करोड २ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ ।

 यो दिन उच्च शेयर खरिद चापका कारण बैंकको शेयरमूल्य पनि एकै दिन प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६४ पुगेको छ । बुधवारको प्रतिकित्ता रू. ३३३ रहेको बैंकको मूल्य बिहीवार प्रतिकित्ता रू. २ ले घटेर अन्तिम मूल्य रू. ३३१ मा झरेको थियो ।

 सामान्य रुपमा घटबढ भैरहेको एनसीसी बैंकको शेयर कारोबारमा उच्च उतारचढाब आउँदा नेप्सेले बैंकसँग सुचना चुहावटको शंका गर्दै जानकारी माग गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस