aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बैंक पुग्नै लाग्छ तीन दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
बैंक पुग्नै लाग्छ तीन दिन

बाजुरा । आर्थिक वर्षको अन्त्यमा बाजुरा जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । आर्थिक वर्ष २०७५/७६ को विकासे बजेट समाप्तिका बेला स्थानीय तहका योजनाको भुक्तानी लिन उपभोत्ता सदरमुकाम ओइरिएका छन् । 

संघीयता लागू भएर स्थानीय सरकार गठन भएको दुई वर्ष वितिसक्दा पनि स्थानीय तहमा बैंक स्थापना हुन नसकेपछि विगत वर्षझै यो वर्ष पनि जिल्लाका धेरै स्थानीय तहबाट दुई तीन दिन लगातार सदरमुकाम मार्तडीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा योजनाका रकम भुक्तानी लिन स्थानीय पुगेका छन् ।

सरकारले सबै स्थानीय तहमा उक बैंक स्थापना गर्ने प्रावधान भए पनि धेरे बैंक सदरमुकाम मार्तडी केन्द्रित बन्दा दूर दराजका स्थानीयले सास्ती खेप्नुपरेको जगन्नाथ गाउँपालिकाका स्थानीय जया सार्कीले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस