aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कुमारी बैंकले एक अर्बभन्दा बढी नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
कुमारी बैंकले एक अर्बभन्दा बढी नाफा कमायो

काठमाडौं । कुमारी बैंक् लिमिटेडले एक अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ करोड ३५ लाख रुपैयाँ अर्थात ५१.४९ प्रतिशत बढी हो। 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५३.४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन आम्दानी खुद व्यापार आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद व्यापार आम्दानी १३ करोड ७३ लाख रुपैयाँबाट बढेर १८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ४ करोड ६ लाख रुपैयाँबाट बढेर १८ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको ४ करोड १६ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।  

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६८ करोड ५१ लाख रुपैयाँ र शेयर प्रिमियममा ८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। 

प्रतिक्रिया दिनुहोस