aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकको १३.५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ ३० गते, शुक्रबार होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। 

प्रतिक्रिया दिनुहोस